• २०८३ जेष्ठ २१ गते बिहिवार

संसद् बैठक एक साताका लागि स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १२, काठमाडौँ । गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित गरिएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूको प्रश्नको जवाफ दिएका थिए।

प्रधानमन्त्रीको जवाफ सुन्ने बेलामा सांसदहरूको उपस्थिति बाक्लो थियो। तर, ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’माथिको सैद्धान्तिक छलफल गर्ने क्रममा सांसदहरू बैठकबाट हिँडेसँगै बैठकका लागि आवश्यक पर्ने एक चौथाइ सङ्ख्या नपुगेको हो।

अर्को बैठक भदौ १८ गते दिउँसो १ बस्नेगरी स्थगित गरिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस