• २०८३ असार १ गते सोमवार

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १५, काठमाडौं । मुगुको छायांनाथ रारा नगरपालिका १४ बाममा ट्याक्टर दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० बर्षका चालक काशिलाल बढुवाल र २० बर्षका सह चालक शिव बढुवाल रहेका छन् ।

आईतबार बिहान सदरमुकाम गमगढि बजार बाट खानेपानीको पाईप बोकेर बाम जाने क्रममा बामको फलात नजिकै लु ४ प ७३६८ नम्बरको ट्याक्टर सडक बाट ५० मिनेट तल खसि दुर्घटना हुदा उनीहरुको घटना स्थलमै मृत्यु भएको प्रहरिले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस