पौष २१, मुगु । हिमाली जिल्ला मुगुमा हिजो आजस्याउ कृषकहरुलाई स्याउका विरुवा काँट-छाँट गर्नेमाव्यस्त देखिएका छन् । हिउँदको समयमा स्याउको विरुवा काँट-छाँट नगरे धेरै फल्ने तर साना दाना लाग्ने र झर्ने भएकाले कृषकले हरेक हिउँदको समयमा स्याउकोबोट काँट-छाँट गर्ने गरेका छन ।

हिउँदको बेला अर्थात पालुवा र कोपिला पलाउनु अगावै स्याउको बोटमा निस्किएका बाक्ला हाँगा , अनावश्यक देखिएका हाँगा विगाहरु काट्नु पर्ने भएकाले किसान स्याउबोट बिरुवाको काँटछाँटको चटारोमा देखिने गरेका हुन ।
स्याउको विरुवा काँट छाँट नगरेमा बोट पनि अस्वभाविक हुने , बढि फलेर साना दाना लाग्ने, लाई किरा , धमिरा जस्ता किरा लाग्ने तथाअन्य रोगको प्रकोप समेत फैलन सक्ने भएकाले कृषकले स्याउका बगैचामा रहेको बोटबिरुवाको अनिवार्य काँटछाँट गर्नु पर्ने कृषि विज्ञहरु बताउछन ।
बिगतका वर्षहरुमा जिल्ला कृषि विकास कार्यालयको समन्वयमा कृषकहरुको स्याउको विरुवा काँटछाँट गर्न प्राविधिक खटाईने गरेको भएपनि यो बर्ष प्राविधिक खटाएइएको छैन किसानहरुले आफै प्राविधिक खोजी स्याउ बिरुवाका काँटछाट गर्ने गरेकाजिल्ला कृषि विकास कार्यलय मुगुले जनाएको छ ।
बिगतमा स्याउ काँटछाट लगायत अन्यकामगर्न बजेट आउनेर कामगर्न पनि सजिलो हुन्थ्यो । संघिय संरचना संगै कामगर्ने शैली फेरिएको छ । किसानहरुको हितमाकाम गर्ने कृषिकार्यलयमा सडक को काम गर्नु पर्ने बाध्यता रहेको र जिल्ला कृषि विकास कार्यलय बाट किसानहरुले पाउने बिउ बिजन औषधि पनि संघिय संरचना पछि पाउन छाडेको कृषि विकास कार्यलय मुगुले जनाएको छ ।
अहिले समयमा नै हिमपात भएकाले स्याउको उत्पादनमा बृद्धि हुने अपेक्षा गरिएको छ । विगतका वर्षहरुमा असिना पानीले स्याउउ त्वादनमा ह्रास आएको थियो भने उत्पादनमा पनि कमि रहेको थियो । मुगुमा यो वर्ष समयमै हिमपात भए पछि स्याउउत्पादनमा केहि फड्को मार्ने छायानाथ रारा नगरपालिका वडा नं ४ का सफलयुवा कृषक मणिचन्द्र भामले बताए । उनकाअनुसार विगत देखिनै कृषि खेतिमा संलग्न छु , कृषि क्षेत्र बाटै जिविकोपार्जन गर्न सहयोग पुगेको छ ।
गएको वर्षमा असिना पानीले गर्दा स्याउ उत्पादनमा केहीन्युन देखियो यो वर्ष हेरौ अब समयमै हिमपातभएको छ । स्याउ उत्पादनमा केही फड्को मार्छ किभामको विश्वास रहेको छ । अहिले उनको बगैचामा फल्ने स्याउकाविरुवा १ सय ७० रहेका छन् भने अन्य २ सय बोट रहेका छन् ।
गतवर्ष उनले डेढ क्विन्टल सम्म स्याउको सुकुट्टी मार्फत विक्रिगर्दा १ लाख बढि आम्दानिभएको र अरु सुकुट्टी पनिविक्रिगर्न बाँकि रहेको उनको भनाई छ । मुगु जिल्लाका स्याउपकेट क्षेत्र जिल्लाका ताल्चा, बाम, रोवा , खमाले, सेरी , श्रीकोट लगायतका क्षेत्रमा स्याउको पकेट क्षेत्र मानिएको छ ।