• २०८३ बैशाख १० गते बिहिवार

गणतन्त्र दिवसमा ओलीको सन्देश : प्रणाली मजवुत बनाउन आवश्यक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १५, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र प्रणाली मजबुत बनाई गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नु पर्ने बताएका छन् । सोमबार गणतन्त्र दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै उनले गणतन्त्र सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति रहेको बताए । अभ्यासबाट नै गणतन्त्रालाई लोकप्रिय बनाउनुपर्ने उनको भनाई छ ।

शुभकामना सन्देशमा उनले भनेका छन्,‘गणतन्त्रलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्छ । जहाँ सीमान्तकृत, अल्पसंख्यक, गरिबी र बेथितिमा बाँचेका वर्गहरू, महिला, बालबालिका, पछाडि परेका र पारिएका समुदायको बीचमा विभेद र बहिष्करण होइन, राज्यको संरक्षणले स्थान पाउन सकोस् ।’

उनले गणतन्त्र दिवस जनताले ऐतिहासिक सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव भएको बताँउदैं नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन रहेको बताए । गणतन्त्र नेपाली जनताको बलिदान र संघर्ष सफल भएको दिन भन्दै गणतन्त्र स्थापनापछि भएका त्रुटिलाई सच्याउनु पर्ने उनको भनाई छ ।

May be an image of text

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस