वैशाख १६, काठमाडौं । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले माता सीताको आदर्शको कथा संसार भर उदाहरणीय भएको बताएका छन् । शनिबार काठमाडौंमा मिथिला संस्कृति समाज नेपालले आयोजना गरेको सीता जन्मोत्सव समारोहमा कार्यवाहक राष्ट्रपति यादवले धर्तीबाट उत्पन्न भई धर्तीमाता सामु आफ्नो पवित्रता प्रमाणित गदै विलिन भएकी सीताको आदर्श कथा संसारभरी उदाहरणीय र प्रसिद्ध रहेको बताए ।

उनले धैर्य र विवेकले भरीपूर्ण सीता नेपाल भूमिकी पुत्री र विभुति हुनु आम नेपालीका लागि गौरवको विषय भएको बताए । उनले भने ‘ मिथिलाकी छोरी र नेपाल आमाको अतुलनीय र अमर राष्ट्रिय विभूति सीताको जन्मोत्सव समारोहले मुलुकको सामाजिक तथा सांस्कृतिक एकता थप सुदृढ हुनेगरी कार्यहरु गदै संरक्षण संवद्र्धन गर्दै सशक्तीकरणका अभियान संचालन गरे सुनमा सुगन्ध हुने छ । ’