• २०८३ असार ८ गते सोमवार

एसिसी प्रिमियर कपको उपाधिका लागि नेपालले युएईसँग प्रतिस्पर्धा गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १६, काठमाडौं । एसिसी प्रिमियर कपको उपाधिका लागि नेपालले युएईसँग प्रतिस्पर्धा गर्ने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो भने यूएई डीएलएस प्रणालीका आधारमा ओमानलाई २ रनले हराउँदै फाइनलमा पुगेको हो ।

अब उपाधिका लागि युएई र नेपालबीच आगामी सोमबार कीर्तिपुर मैदानमा खेल हुनेछ। यस्तै ओमान र कुवेतबीच तेस्रो स्थानको लागि आइतबार खेल हुनेछ ।

यो खेल जित्ने टिम एसिया कपमा छनोट हुनेछ। एसिया कपमा छनोट भएको टिमले भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ।

Sharing

प्रतिक्रिया दिनुहोस