• २०८३ जेष्ठ ३ गते आइतवार

नेपालले कुवेतविरुद्ध व्याटिङ गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १६, काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको छ । व्याटिङको निम्तो पाएको नेपालले कुवेतविरुद्धको खेलमा ब्याटिङ गर्दै छ ।

समूहमा ‘ए’ मा रहेका दुई बलिया टोली मलेसिया र ओमानमाथि जित निकालेपछि सेमिफाइनल पुगेको नेपालले कुवेतलाई हराएर आज फाइनल पुग्ने लक्ष्यमा छ । यता बलीयो व्याटिङ शैली प्रर्दशन गरेको कुवेत पनि नेपालसँग सहज जित निकाल्ने मनस्थितिमा छ ।

तीन महिना यता अविश्वानीय प्रर्दशन गर्दै आएको नेपाली क्रिकेट टोलीका लागि कुवेतको सामना चुनौतिपूर्ण नै हुने देखिन्छ । तर, कुवेतको चुनौती पन्छाउँदै एसिया कपको फाइनलमा स्थान सुरक्षित गर्न नेपाली टोली तयार देखिन्छ । यस्तै दोस्रो सेमिफाइनल खेल पनि यूएई र ओमानबीच मुलपानी क्रिकेट मैदानमा भैरहेको खेलमा युएईले व्याटिङ गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस