• २०८३ जेष्ठ २४ गते आइतवार

नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगे रवि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १५, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् ।

रवि आउनुअगावै काठमाडौं प्रशासन परिसरमा रविका कार्यकर्ता र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । प्रहरीको समेत बाक्लो उपस्थिति छ ।

अवैध नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट लामिछानेको संसद र मन्त्री पद गुमेको थियो । त्यसैले उनी अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस