• २०८३ बैशाख ५ गते शनिवार

सोमबारको विदेशी मुद्राको विनिमय दर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ ११ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९४ पैसा र बिक्री दर १३२ रुपैयाँ ५४ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ५२ पैसा र बिक्री दर १४३ रुपैयाँ १७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ९६ पैसा र बिक्री दर १६६ रुपैयाँ ७२ पैसा रहेको छ।

यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस