• २०८३ बैशाख १३ गते आइतवार

किसान सञ्जालद्वारा कालीमाटी तरकारी तथा फलफूल बजारमा समितिमा धर्ना

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन १२, काठमाडौं ।  राष्ट्रिय किसान सञ्जालले आज कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालय अगाडि धर्ना दिएको छ । धर्नामा राष्ट्रिय किसान सञ्जालका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले किसान र उपभोक्ता दुवैको हितको लागि सातै प्रदेशमा धर्ना, ज्ञापन पत्र जस्ता कार्यक्रमहरुको आयोजना गरेको बताएका छन् ।

उनले बजारमा सबैको समान पहुँच र व्यवहार हुनुपर्ने भन्दै त्यसको लागि करारको व्यवस्था हटाएर खुल्ला प्रतिष्पर्धाको बजार बनाउनु पर्ने बताए ।उनले भने, किसानले उत्पादन गरेको फलफूल यो बजारमा सबैले बेच्न पाउनु पर्छ सबैको समान पहुँच हुनुपर्छ समान व्यवहार हुनुपर्छ । यहाँ गत केही वर्षदेखि १५ ÷ १५ वर्ष करारमा दिने व्यवस्था गरिएको थियो, त्यो व्यवस्था हटाएर खुल्ला प्रतिष्पर्धाको बजार होस् जुन बजारले किसानहरुको पनि हित होस् र उपोभोक्ता पनि ठगीमा नपरोस भनेर नै हामी आज यहाँ आएका हौ । आज हामीले सातै प्रदेशमा धर्ना, ज्ञापन पत्र कार्यक्रमहरु गरेका छौ । ’

कालीमाटी तरकारी तथा फलफूल बजार देशको केन्द्रीय कृषि बजार भएपनि यहाँ विभिन्न किसिमको विकृतिहरु देखा परेको पनि सञ्जालको ठहर छ ।कालीमाटी बजारका सटर र स्टलहरु खुल्ला प्रतिष्पर्धा मार्फत भाडामा लगाईयोस्, बिना प्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर, ५० प्रतिशत सटर र स्टलहरु उत्पादक किसानलाई छुट्याइयोस्, किसान र उपभोक्ता हित विरोधी निर्णय खारेज गर, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित गर भन्ने मागसहित उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस