असार १३, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

त्यसअघि विधेयकमाथिको छलफलपछि निर्णायार्थ पेश गर्ने क्रममा गणपुरक संख्या नपुगेपछि बैठक १० मिनेटका लागि स्थगित गरेर पुन बसेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार १७ गते आइतबार बिहान ११ बजे बस्नेछ ।