• २०८३ जेष्ठ ३ गते आइतवार

अवैध रूपमा अक्सोमिटर बिक्री गर्ने सात पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

बैशाख २८, काठमाडौँ । काठमाडौँका विभिन्न क्षेत्रमा अनुगमनका क्रममा लुकाई–छिपाई अवैध रूमपा अक्सोमिटर बिक्री वितरण गर्ने सात जनालाई महानगरीय अपराध महाशाखा, मिनभवनबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार बिल बिजक नभएको, निर्माण कम्पनीको नाम, ठेगाना र बारकोडसमेत नभएको, न्यून गुणस्तरको अक्सोमिटर बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा अनुगमन गर्दा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा जिल्ला सिन्धुली कमलामाई न.पा.वडा नं.४ स्थायी घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा वडा नं १४ बल्खु बस्ने बायोप्लस फर्मा कुलेश्वरका सञ्चालक बर्ष २९ को शिखर श्रेष्ठ, जिल्ला बाजुरा खप्तड गा.पा. वडा नं ६ घर भई हाल जिल्ला ललितपुर, ललितपुर म.न.पा.वडा नं. ५ कुपण्डोल बस्ने बर्ष २१ को थुमराज उपाध्याय, जिल्ला स्याङ्जा पंचमुल गा.पा ०६ घर भई हाल ललितपुर, ल.म.न.पा.१४ ग्वार्को बस्ने नानोटेक फर्मा थापाथलीका सञ्चालक बर्ष २७ को शेषकान्त अधिकारी, जिल्ला सुनसरी ईनरुवा न.पा. वडा नं. ६ घर भई हाल काठमाडौं भिमसेनगोला बस्ने चिरायु केडी ग्रुप प्रा.लि. मा काम गर्ने बर्ष ३९ को पुष्कर घिमिरे, जिल्ला मोरङ बिराटनगर म.न.पा. वडा नं. २ घर भई हाल काठमाडौं अनामनगर बस्ने आहा इन्डस्ट्रियल कम्पनी प्रा.लि मा कार्यरत बर्ष ४४ को बिशाल आचार्य, जिल्ला सिन्धुपाल्चोक सुनकोशी गा.पा. वडा नं.६ घर भई हाल काठमाडौं बागबजार बस्ने बर्ष २१ को सन्तोष भण्डारी र भारत राजस्थान झुन्झुनु घर भई हाल काठमाडौं ढुङ्गेअड्डा बस्ने बर्ष ५५ को जगदिश प्रसाद रानासरिया रहेका छन ।

अनुगमनमा काठमाडौँ प्रशासनसँगै महानगरीय अपराध महाशाखा, औषधि व्यवस्था विभाग र वाणिज्य विभागको समेत सहभागिता थियो । काठमाडौँ प्रशासनले आज एक सूचना जारी गरी उनीहरूबाट ८६५ स्थान अक्सोमिटर बरामद भएको र पक्राउ परेका सातै जनालाई कानूनी कारबाही अघि बढेको जनाइएको छ । पछिल्लो समयमा अत्याश्यकवस्तुको अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने र बढी मूल्य लिएर सेवा दिने गतिविधि नियन्त्रणमा नियमित अनुगमन भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस