• २०८३ जेष्ठ ९ गते शनिवार

उपमेयरलाई दुर्व्यवहार गरेको आरोपमा एमाले नेता पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १२, महोत्तरी ।  युवा संघका केन्द्रीय सदस्य तथा नेकपा एमालेका नेता हरि महतो जनकपुर एयरपोर्टबाट पक्राउ परेका छन् । गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोलाई अभद्र व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उपमेयर महतोको उजुरीको आधारमा उन्लाई जनकपुर एयरपोर्टबाट पक्राउ गरेर महोत्तरी ल्याइएको प्रहरी नायव उपरीक्षक दीलिपकुमार गिरीले जानकारी दिए । महतोमाथि उपमेयरले दिएको उजुरीउपर छानबिन गरि अनुसन्धान प्रक्रिया अगाडी बढाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यसअघि उपमेयरको कार्यकक्षमा नै प्रवेश गरी हातपात समेत गर्न खोजेको पनि आरोपित भनिएकाे महातोमाथि आरोप छ ।

Sharing

प्रतिक्रिया दिनुहोस