जेठ २३, दाङ । दाङमा होटलमा जुवा खेलिरहेको ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बेलुका ६ बजेतिर घोराही उपमहानगरपालिका(१५ स्थित गौरीदीप होटलमा जुवा खेलिरहेको अवस्थामा होटल साहुसहित ६ जनाबाट एक लाख ३९ हजार सात सय नगद सहित प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालका अनुसार जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी निरिक्षक मोहनजंग थापाको कमाण्डमा खटिएको प्रहरीले टोलीले छापा मोरर जुवाडे पक्राउ गरेको हो। पक्राउ पर्नेमा घोराही १५ का ४१ वर्षीय सुधीर न्यौपाने, ३२ वर्षीय सन्तोष पराजुली, ४५ वर्षीय प्रकाश पोखरेल, २९ वर्षीय भीम खत्री, २४ वर्षीय होमराज रोका र होटलका साहु २९ वर्षीय दीपक थापा रहेका छन ।
उक्त होटल जिल्ला प्रहरी कार्यालयदेखि तीन सय मिटर दक्षिणमा छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।