• २०८३ बैशाख ७ गते सोमवार

मंसिर ४ मा निर्वाचन गर्ने सरकारको निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १९ ,काठमाडौँ । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संघ र प्रदेशको निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो ।

यसअघि बुधबार बसेको पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका थिए । त्यसै सुझावका आधारमा प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद बैठकमार्फत प्रदेश र संघको निर्वाचन मिति तोकेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस