• २०८३ जेष्ठ १९ गते मङ्गलवार

गौमुलको सार्वजनिक सुनुवाइ मदिरा कार्ड ब्यवस्थित नभएको गुनासो

राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : २ मिनेट

असार १२, बाजुरा। गौमुल गाउँपालिकाले आर्थिक बर्ष २०७९र०८० को सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । पालिकाले एक आर्थिक बर्षभरी गरेका कामको सोमबार सार्वजनिक गरेको थियोे ।

कार्यक्रम गौमुल गाउँपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ बाजुरा शाखाको सहजिकरणमा भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरी सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा प्रस्टता ल्याउन र नागरिकबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गर्दै जिम्मेवार संस्कार बसाई आम नागरिकको चासो सरोकार तथा विकास निर्माण योजना र समस्याको समाधान गरी सेवाग्राहीका रुपमा आएका सर्वसाधारण प्रति सेवा प्रदायक निकायबाट भए गरेका क्रियाकलाप, उपभोक्ता समिति गठन प्रक्रिया, योजना सञ्चालन, पारदर्शिताको स्थानीय निकायमा सार्वजनिक सुनुवाइ कार्यविधि बमोजिम आम सर्वसाधारणहरुमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको थियो ।

उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा विशेष गरि स्थानीयले मदिरा ब्यबस्थापन नभएको, स्वास्थ्य चौकी, वाटोघाटो, विधुत, खानेपानी, भूकम्प तथा असिनाबाट क्षति भएका क्षेत्रको अनुगमनमा कमी लगायतको समस्याको वारेमा सार्वजनिक सुनुवाईमा जानकारी गराउदै प्रश्नको माध्यमवाट समस्याको उपाय खोदै जिज्ञासा तथा सुझाव समेत राखेका थिए । कार्यक्रममा गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकाया, उपाध्यक्ष सीता थापा र गाउँपालिकाका कार्यकारी अधिकृत जगदीश भट्टले अतिथीहरुले कार्यक्रममा उठेका सवालमाथि जवाफ दिदैँ समयमानै सेवा दिने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा प्रायःजसो स्थानीयले मदिरा कार्डले मात्रै ब्यबस्थापन नभएको बताएका छन् । गौमुल छ का स्थानीय तिलक विकले गाउँमा मदिरा कार्डको लागू भएपछि कतिपयले मदिराका पेटी नै लिएर राख्ने गरेको बताए । कार्डले मदिरा ब्यबस्थापन नभएको र मदिरा पुरै बन्देज लगाउनुपर्ने समेत आवज उठेको थियो । उक्त प्रश्नको जवाफ दिदै गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले पुरै बन्देज लगाउन नमिल्ने भएकोले केहि ब्यबस्थित गर्न खोजेको बताए । यस्तो विकृति अन्त्यका लागि अब गौमुलले आफ्नै प्रहरी बनाएर थप सक्रिय भएर गाउँमा अनुगमन गर्ने बताए ।

कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ बाजुरा शाखाका उपाध्यक्ष संगीता तिमिल्सेना र सचिव रमित विकले गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस