बैशाख १४, काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २ हजार ५१७ जनाको नमुनामध्ये १ हजार ४० जनाको पीसीआर परीक्षण गर्दा ७८ जना र १ हजार ४७७ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी १११ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३७८ जना पुगेको छ भने संस्थागत आईशोलेशनमा १८ जना, आईसीयूमा ६ जना र १ जना भेन्टिलेटरमा उपरचाररत छन् ।