• २०८३ बैशाख ९ गते बुधवार

नेपाल १५७ रनमा अलआउट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १४, काठमाडौं । एसीसी प्रिमियर लिगको अन्तिम खेलमा कतारविरुद्ध नेपाल १ सय ५७ रनमा अलआउट भएकाे छ । टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलब ३ ओभरमा अलआउट हुदै १ सय ५७ रन मात्र बनायो ।

नेपालका लागि सन्दीप लामिछानेले ५८ बलमा ६ चौकाकाे सहयोग सर्वाधिक ४२ रन बनाए । एक समय २८ ओभरमा १११-९ को अवस्थामा पुगेको नेपाललाई ललित र सन्दीपले अन्तिम विकेटका लागि ४६ रनको साझेदारी गर्दै सम्मानजनक योगफलमा पुर्याएका थिए ।

कप्तान रोहितकुमार पौडेलले ३६ बलमा २७ रन बनाए । ओपनर आसिफ शेखले २७ बलमा १९ रन बनाए । कतारका बायाँ हाते तीव्र गतिका बलर आमिर फारुकले ९.३ ओभरमा ४२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । क्वाइस अहमदले १० ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए ।

Sharing

प्रतिक्रिया दिनुहोस