• २०८३ बैशाख ८ गते मङ्गलवार

बलात्कार आरोपमा काँग्रेस नेता पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २६, रौतहट । बलात्कार आरोपमा रौतहटको देवाही गोनाही नगरपालिकाबाट एक कांग्रेस नेता पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय गरुडाका अनुसार स्थानीय एकजना विवाहित महिलालाई करणी गरेको आरोपमा कांग्रेसका स्थानीय नेता समेत रहेका ५० वर्षीय नागेश्वर कुश्वाहालाई पकराउ गरेको हो ।

कुश्वाहामाथि जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थमाई थप अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ । ३ दिनअघि उनले पीडित महिलालाई केही घरायसी प्रयोगको सामान खरिद गर्न भनी आफ्नो मोटरसाइकलमा राखेर गरुडा बजारतर्फ थिए। तर, बजार भन्दा केहीवरै पर्ने किनारको कांसघारीमा लगेर उनले जबरजस्ती करणी गरेको महिलाको आरोप छ ।

Sharing

प्रतिक्रिया दिनुहोस