• २०८३ बैशाख २३ गते बुधवार

अयोग्य लडाकुका नाममा रकम बाँड्ने सरकारको कदम स्वीकार्य हुँदैन : शेखर कोइराला

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

बैशाख १४, काठमाडौं । अयोग्य लडाकुलाई राहत वितरण गर्ने सरकारको कमदप्रति काँग्रेस नेता शेखर कोइरालाले विरोध गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत धारण सार्वजनिक गर्दै नेता कोइरालाले आयोग्य लडाकुलाई ढुकुटीमा पैसा नभएका कारण सकारी कर्मचारी तथा शिक्षक पेन्सन पाउन नसकिरहेका बेला आयोग्य लडाकुलाई राहत दिने कार्य स्वीकार्य नहुने बताएका छन् ।

राहतका सट्टा उनीहरुलाई रोजगार दिनुपर्ने उनको सुझवा छ । उनले ट्वीटरमा लेखेका छन्,‘बिगतमा क्यान्टोनमेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसावकिताव बुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीको तलव र पूर्व शिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थामा सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन । माओवादी नेतृत्व सरकारको यस्तो कार्यको विरोध गरौं, रोकौं र भविश्यका लागि सचेत बनौं । उनीहरुलाई पैसा होइन, रोजगारी दिउँ ।’

सरकारले पूर्व अयोग्य लडाकुलाई दुई–दुई लाख रुपैयाँका दरले राहत रकम दिने कार्यविधि पास गरिसकेको छ । गत ६ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि पास गरेको हो । कार्यविधिअनुसार सम्वन्धित जिल्ला प्रशासन कार्यालयले अयोग्य लडाकु पहिचान गर्नेछ । त्यसको विवरण गृह मन्त्रालयमा पेश गर्नेछ । गृहले रकम निकासाका लागि अर्थ मन्त्रालयमा विवरण पेश गर्नेछ । निकास भएको रकम गृहले सम्वन्धित जिल्ला प्रशासन कार्यालयको बैठक खातामा पठाउने छ । र प्रशासनले लडाकुलाई राहत रकम बितरण गर्नेछ ।

लडाकु पहिचनाका लागि गृहले बिशेष कार्यादल गठन गर्नेछ । कार्यदलमा अयोग्य लडाकुका प्रतिनिधि पनि सभागि हुनेछन् । लडाकु पहिचानको आधार अनमिन (युनाइटेड नेसन मिसन इन नेपाल)ले तयार गरेको प्रतिवेदनलाई मानिनेछ । कार्यदलले सम्बन्धित लडाकुको जन्मस्थान पुगी सर्जिमिन गराई प्रमाणित भएको विवरण प्रशासनले गृह पठाउनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस