माघ १३, काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् ।

सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछाने पद ३२ दिनमै गएको छ ।
प्रधानमन्त्री प्रचण्डले लिए गृह मन्त्रालयको जिम्मेवारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी लिएका छन् । रवि लामिछानेले मन्त्री उपप्रधान तथा गृह मन्त्रीबाट राजीनामा बुझाएपछि प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको जिम्मेवारी पनि लिएका हुन् ।
सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछानेको पद ३२ दिनमै गएको छ ।