माघ १३, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष टिमको बन्द प्रशिक्षणमा २८ खेलाडीलाई बोलाएको छ । क्यानले शुक्रबार घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

तर, बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका सन्दीप लामिछानेलाई भने बोलाइएको छैन । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजका लागि क्यानले खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेको हो ।
बन्द प्रशिक्षणमा रहेका नेपाली टोली-
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्र सिहं ऐरी, सोमपाल कामी, करण केसी, गुलशन झा, शरद भेषवाकर, ललित नारायण राजवंशी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, सुर्य तामाङ, अबिनाश बोहोरा, विवेक यादव, भिम सार्की, मौसम ढकाल, कुशल मल्ल, अनिल शाह, बिक्रम सोब, भुबन कार्की, अंकित सुवेदी
