• २०८३ बैशाख १३ गते आइतवार

सीता एयरले शुक्रवार दाङ एयरपोर्टमा परीक्षण उडान गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १३, दाङ । निजी विमान सेवा कम्पनी सीता एयरले ले दाङको टरिगाउँ एयरपोर्टमा परीक्षण उडान गर्ने भएकाे छ । सीताको १९ सिटे चार डोर्नियर जहाजले शुक्रवार दिउँसो एक बजे परीक्षण उडान गर्न लागेको हो।

निजी विमान सेवा कम्पनीले उडान गरे हवाई भाडा घट्ने आशा गरिएको छ। पछिल्लो समय नेपाल एयरलाइन्सको ट्विनअटर विमानले मात्रै हप्तामा चार दिन उडान भर्दै आएको छ। आइबार, मङ्गलवार, बिहीबार र शनिबार उडान हुँदै आएको छ। दाङदेखि काठमाडौँको भाडा न्यूनतम ८ हजार ८ सय १० रूपैंया र काठमाडौँदेखि दाङको भाडा न्यूनतम ९ हजारदेखि अधिकतम १२ हजारसम्म छ।

यो एयरपोर्ट घाँसे मैदान छँदा पहिले पनि सीताले टरिगाउँ एयरपोर्टमा उडान गरेको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस