• २०८३ असार ४ गते बिहिवार

मिटरब्याजी आचार्य प्रहरी नियन्त्रणमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १३, कपिलवस्तु । गैर कानुनी मिटरब्याजी कारोबार गरेको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका ५ बस्ने रुपेन्द्र प्रसाद आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय तौलिहवा कपिलवस्तुको प्रहरी टोलीले आचार्यलाई शुक्रबार चन्द्रौटाबाट अनुसन्धानको लागि नियन्त्रणमा लिएको हाे ।

आचार्यले शिवराज नगरपालिका, विजयनगर गाउँपालिका लगायतका स्थानीय गैर कानुनी रुपमा धेरै जनालाई मिटरब्याजमा पैसा लागाएका थिए ।  कपिलवस्तुका मिना उपाध्यय, हसन खान, डिल्ली बुढामगर लगायतले आचार्य विरुद्ध जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी दिएका थिए । आरोपित आचार्यले ब्याजमा लिएको रकम दिन नसक्दा धेरै सताएको आरोप लागेको छ । मिटरब्याजमा लिएको ब्यक्तिको मृत्यु भएपछि आचार्यले उनको परिवारलाई सताउदै आएका थिए । आरोपित आचार्यलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तौलिहवामा राखिएको छ ।

नेपाल सरकारले मिटरब्याजीलाई गैर कानुनी मानेकाले मिटरब्याजमा पैसा लगाउने आचार्यलाई अनुसन्धान गरि मुद्दा दायर गर्ने जिप्रका कपिलवस्तुले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस