• २०८३ बैशाख २५ गते शुक्रवार

‘पोर्चुगल पठाइदिन्छु’ भन्दै १० लाख ठगी गर्ने एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १०, काठमाडौं । ‘पोर्चुगल पठाइदिन्छु’ भन्दै १० लाख रूपैयाँ ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। रोल्पा गंगादेव गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ३९ वर्षीय निमराज डाँगीलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार दिउँसो गोंगबुबाट पक्राउ गरेको हो। जोनसन श्रेष्ठलाई पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

थप अनुसन्धान र कारवाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस