असार ११, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना र नेपालका लागि नवनियुक्त कोरियाली राजदुत पार्क ताएयोङबीच शिष्टाचार भेटवार्ता भएको छ । सोमवार राष्ट्रियसभा अध्यक्षको कार्यकक्ष सिंहदरबारमा भएको भेटवार्तामामा दुईदेशबीचको सम्बन्धबारे छलफल भएको उनको सचिवालयले जनाएको छ ।
अध्यक्ष तिमल्सीनाले करिब एक घण्टाको भेटवार्तामा दुई देशबीच सम्बन्ध कसरी सुमधुर बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको जानकारी दिए । उनले उक्त भेटवार्ताले दुईदेशबीचको सम्बन्धलाई आगामी दिनमा थप उचाईमा पु¥याउने र सहयोगको क्षेत्रहरु फराकिलो हुने विश्वास व्यक्त गरे । उनले भने,‘दुई देशबीचको सम्बन्धको बारेमा छलफल ग¥यौं । करिब एक घण्टा ,यसले दुईदेशबीचको सम्बन्धलाई आगामी दिनमा थप उचाईमा पु¥याउन र सहयोगको क्षेत्रहरु फराकिलो बनाउनमद्दत पुग्छ ।’
उनले साथै भेटवार्ता कोरीयामा नेपाली एयरलायन्सलाई उडान भर्नुपर्छ भन्ने विषयमा पनि छलफल भएको बताए । उनले भने, ‘कोरियामा नेपाली एयरलायन्सलाई पनि अब उडान भर्नुपर्छ पर्यटकहरु आवत आवत सहज होस् भनेर । खर्च अलि कम लाग्ने हुँदा धेरै पर्यटक ल्याउने उद्देश्यले छलफल भएको छ ।’
कोरियाली राजदुत ताएयोङपनि भविश्यमा नेपालमा लगानी र पर्यटक भित्रयाउने कुरामा उत्साहित भएर गएको उनले जानकारी दिए । उनले भने, ‘उहाँले पनि नेपालमा कसरी लगानी भित्र्याउने ,पर्यटक भित्र्याउने भविश्यमा भन्ने कुरामा उत्साहित भएर जानु भयो । ’
