• २०८३ बैशाख ७ गते सोमवार

प्रतिनिधिसभाको बैठक शनिबार बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १२, काठमाडौं । २० मिनेटको लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक भोली चारबजे मात्रै बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध गरेपछि केही समयका लागि स्थगित भएको संसद बैठक, भोलि शनिबार ४ बजेको लागि सारिएको संसद सचिवालयले जनाएको छ।

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिमा जलहरी राख्ने क्रममा भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालले बैठक अवरोध गरेको थियो ।

आज सभामुखले सहमतिको प्रयास गरेपनि कुैन सहमति नजुटेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस