• २०८३ असार १ गते सोमवार

इमरान खानलाई देश बाहिर जान प्रतिबन्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १२, पाकिस्तान   ।   पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसहित उनकी पत्नीसमेतलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको छ ।तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीसहित पीटीआइका ८० जना नेताहरुलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको हो ।

पाकिस्तान सरकारले खानसहित ६०० जनालाई नो फ्लाई लिस्टमा समावेश गर्दै सूचना जारी गरेको हो । खानमाथि आतंकवाद ऐन अन्तर्गत १४० वटा मुद्दा लगाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस