• २०८३ जेष्ठ २६ गते मङ्गलवार

अन्तरिम सरकारका तीन मन्त्रीलाई आज शपथ गराइँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३०, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । हिजो साँझ नियुक्त ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनालले आज बिहान साढे ११ बजे शपथ लिन लाग्नुभएकाे हाे ।

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयमा नियुक्त गर्नुभएकाे छ भने अर्थमन्त्रीमा रामेश्वर खनाल नियुक्त हुनुभएकाे छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीमा कुलमान घिसिङ नियुक्त हुनुभएकाे छ ।

घिसिङलाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस