जेठ १२, काठमाडौं । पश्चिमी र न्युन चापीय प्रणालीको साथै स्थानीय वायुको पनि सामान्य प्रभाव देखिएकाले आज देशभर मौसम आंशिक देखि सामान्य बदली रहने छ । आज मधेश,लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हावा हुरी र चट्याङ सहित वर्षा हुने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अन्य प्रदेशको पहाडी भूभागहरूमा मौसम आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुनेछ । महाशाखाको अनुसार आज राती कोशी प्रदेशको थोरै स्थान सहित अन्य प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षा हुने देखिएको छ । बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहने छ ।