• २०८३ बैशाख ९ गते बुधवार

उच्च अदालत आदेशसँगै कलाकार पल शाह जेलमुत्त हुदैँ (आदेश पत्रसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १४, पोखरा । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि कलाकार पल शाहले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेको छ । पोखरा उच्च अदालतको यो फैसलासँगै पल शाह जेलमुक्त हुने भएका छन् ।

उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाई गर्दै अभियोग दावी नपुग्ने ठहर गरेको हो । शाहले नवलपरासी अदालतकाे आदेश बिरुद्द पाेखरा उच्च अदालतमा पुनरावेदन गरेका थिए । यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो भने यसअघि तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो।

शाह एक वर्षयता कारागारमा छन्। आदेशसँगै उनी अब जेलमुक्त हुने भएका छन ।

newskarkahna-news466820.1677461896.jpg

newskarkahna-news466821.1677461929.jpg

Sharing

प्रतिक्रिया दिनुहोस