• २०८३ जेष्ठ ४ गते सोमवार

एमाले अध्यक्ष ओलीद्वारा भारतीय गणतन्त्र दिवसको शुभकामना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १२, काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतीय गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले आज ट्विट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनतालाई शुभकामना दिएका हुन् ।

उनले भनेका छन् , ‘भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको ७४औँ वर्ष (आजादीका अमृत महोत्सव) अर्थात् भारतीय गणतन्त्र दिवसका अवसरमा मेरा मित्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी र भारतीय जनतामा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ ट्विटमा उनले गहिरो आपसी मित्रता, पारस्परिक सम्मान र विश्वासमा आधारित सम्बन्ध विकास गर्दै विकासका मुद्दामा दुई देशबीचको सहकार्य मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।

 

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस