• २०८३ जेष्ठ २७ गते बुधवार

धरानमा दिउसै खुकुरी हानाहान, महिला र बालक सहित ४ पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, सुनसरि। सुनसरिको धरान १ बाट खुकुरी हान्ने ४ जना व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा ३२ बर्सिया धरान-१६ कि महिला आशिका जोशी , धरान-१६ बस्ने १६ वर्षीय सूजल सुन्दास रहेका छन् ।

यस्तै पक्राउ पर्नेमा २२ वर्षीय विपिन राई १५ वर्षीय सोहिल राई रहेका छन्। विपिन र आशिका प्रहरी हिरासतमा रहेका छन् भने टाउकोमा चोट लागि घाइते बनेका सूजल र सोहित विपि अस्पतालमा रहेका छन्। आशिका र सूजलको सामान्य वादविवादले उग्र रूप लिए पछि खुकुरी हानाहान भएको आशङ्का गरिएको छ। प्रत्यक्षदर्शी आनन्द श्रेष्ठका अनुसार खुकुरी हानाहान गर्नेहरूले प्रहरी जसले बोलाउँछ उसैलाई मार्छु भन्दै धम्काएका थिए।

यस्तै, युनिश मगरका अनुसार झगडामा रट र खुकुरी दुवै प्रयोग गरिएको थियो। यस विषयमा धरानमा डिएसपी नवराज मल्लले अन्य अनुसन्धान भइरहेको बताए।

Sharing

प्रतिक्रिया दिनुहोस