• २०८३ जेष्ठ ८ गते शुक्रवार

लगातार बढेको सुनको भाउ आज स्थिर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८, काठमाडौं ।  लगातार बढेको सुनको भाउ आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बिहीबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको थियो ।

शुक्रबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १४ सय ५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ६० रुपैयाँ कायम रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १ हजार ९१४.४१ डलरमा र चाँदी प्रतिऔंस २४.०५ डलरमा कारोबार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस