• २०८३ असार १३ गते शनिवार

त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा सहसचिव टोकराज पाण्डे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ९, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुखबाट अरुण पोखरेललाई हटाएर सहसचिव टोकराज पाण्डेलाई जिम्मेवारी दिएको छ । एक साताअघि एक सय किलो सुन बरामद भएको प्रकरणले चर्चा पाइरहेका बेला अर्थ मन्त्रालयले पोखरेललाई हटाएर विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी पाण्डेलाई जिम्मेवारी दिएको हो ।

गत आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका पाण्डेले विमानस्थल प्रमुखको जिम्मेवारी पाएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस