- बिनोद दर्नाल, खबरनेपाल24समाचारदाता
भदौ ९, सुनसरी । धरान १४ स्थित खत्री धारामा रहेको उक्त झिंगु दाह संस्कार स्थलको निर्माण तथा व्यवस्थापन झिंगु समाज धरानद्वारा गरिएको हो । यस खत्री धाराको ऐतिहासिक महत्व रहेको छ । मृत्यू संस्कारमा सहयोग पु¥याउने उद्देश्यले स्थापित संस्था झिगु समाजले २०१७ साल देखि शव दाह गर्न शुरु गरेको हो ।

शव जलाउन धेरै समय लाग्ने, दाउरा महंगो, चिता बनाउन र जलाउन दक्ष जनशक्तिको आवश्यकता पर्ने जस्ता समस्यालाई कम गर्न यस डिजल बाट संचालित प्लान्ट शव दाह गरिएको झिंगु समाज धरानका अध्यक्ष सुरेन्द्रमान स्थापितले बताए । समाजले धेरै वर्ष अघि देखि नै अटोमेटिक ईलेक्ट्रीबाट शव जलाउने प्लान्ट ल्याउने सोच पुरा हुन नसकिरहेको अवस्था थियो । यसै विच धरान निवासी सूर्य मेटलका प्रोपराईटर उत्तम ताम्रकारले यो डिजल बाट शव जलाउने प्लान्टको परिकल्पना गरी निर्माण गरेका हुन् । यस किसिमको प्लान्ट कहिपनि नभएको र यो पहिलो भएको उनको भनाई छ । २०७६ भाद्र ८ गरिएको परिक्षणमा आधा घण्टामा शव जेलेका थियो । करिव ३० लिटर डिजल खपत भएको थियो । आफुले बनाएको प्लान्ट सफल हुंदा ताम्राकार उत्साहित छन् र यसलाई केही परिमार्जन गर्नुपर्ने वताएका छन् । शुरुमा प्लान्ट नयाँ भएकाले धेरै धुवा आए पनि पछि कम हुने र पछि पछि शव जल्न पनि अझ कम समय लाग्ने उनको अनुभव छ । उक्त डिजल प्लान्टका लागि रु १० लाख सूर्य मेटल प्रा.लि. ले प्रदान गरेका हुन ।

यसलाई सुरक्षा दिने टिनको छाना भएको सेड १ लाख पचस हजार को लागतमा मितेरी बैंक धरानले निर्माण गरिदिएको हो । धरै संघ सस्था र दाताको सहयोगमा यो दाह संस्कार स्थलन निर्माण सम्पनन भएको हो । मास्टर प्लान अनुसार काम भैरहेको निर्माण समितिका अध्यक्ष मोहनकाजी शाक्यले बताए । यसलाई पुरा गर्न अझ धेरै रकम आवश्यक भएको उनको भनाई थियो । झिंगु सव दाह संस्कार स्थलमा जाने आउने बाटो, शव ल्याएर राख्ने ठाँउ, नुहाउने धाराको व्यवस्था, कपडा फेर्ने कोठा, शौचालय, मलामीहरु वस्ने व्यवस्था गरिएको छ । यस ठाँउ मान्छे जलाउने भएपनि यसलाई विभिन्न सुविधा सम्पन्न र फुलबारी जस्तो सुन्दर बनाउने प्रयास गरिएको समाजका निवर्तमान अध्यक्ष नरेश शाक्यको सोच छ ।

धरान १२ का आर्थिक अवस्था कमजोर भएका रामकुमार पन्तलाई स्थानिय छरछिमेकको सहयोगमा दाह संस्कार गर्न ल्याईएको थियो । उनैको शवलाई जलाएर त्यस प्लान्टको परिक्षण गरिएको थियो । कम खर्चमा चाडो र सजिलै यसरी शव जलाउने व्यवस्था मिलाई दिएकोमा समाजका अगुवा प्राध्यापक हरिबहादुर विष्टले झिंगु समाज परिवारलाई धन्यवाद दिए । मानिस जन्मे पछि एक दिन मर्नु नै पर्छ । चितामा जल्नै पर्छ । हामी सवै एक दिन जानै पर्ने यस घाट निर्माणमा हामीले पनि सहयोग गर्नुपर्छ । यस्ता सामाजिक कामको लागि हामी सवैले सहयोग गर्नु पर्ने हो की ?