• २०८३ बैशाख २१ गते सोमवार

सांसद रोशनकार्कीको रोष : उप–राष्ट्रपतिको काम के हो र खर्च किन बढीदिने ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १०, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशनकार्कीले उप– राष्ट्रपतिलाई दिदै आएको खर्च अस्वभाविक भएको बताएकी छिन् । आईतवार प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले देशको आर्थिक स्थिति कमजोर भएको बेला उपराष्ट्रपतिलाई धेरै खर्च दिनआवश्यकनभएको भन्दै यस्को बोझ नेपालले बोक्न नसक्ने बताइन् ।

उनले भनिन्, अनुदानहरु पनि कम आईराखेको छ । राजस्वपनिकम उठिरहेको छ । कर्मचारीहरुले तलब खाननपाउने स्थिति छ । हामीले यस्तो बोझबोक्न सक्दैनौं । अनुदान, राजस्वकमआईराखेको छ । कर्मचारीहरुले तलब खाननपाउने स्थिति छ । यस्तो स्थितिमा उपराष्ट्रपतिलाई हामीले यत्रो विधिखर्च गर्नु आवश्यक छैन ।

सांसद कार्कीले उपराष्ट्रपति महिलाहुन पर्ने ठाउँमा संविधानको वाशष्दले पुरुषबनाएकोभन्दै चर्को असन्तुष्टि समेत पोखिन् ।उनले भनिन्, उपराष्ट्रपति महिलाहुनपर्ने ठाउँमा संविधानको वाभन्ने शष्दले पुरुषबनाई दियो । यो पनि एउटा विडम्वना नै हो ।हाम्रो लागिखास गरी महिलाहरुको लागि ।

त्यस्तै सांसद कार्कीले उपराष्ट्रपतिको भुमिकाकार्यक्रम उद्दघाटन गर्ने, रिवन काट्ने र देवताको दर्शन गर्नेबाहेक केहीनभएको बताइन् ।
उनले भनिन्, उपराष्ट्रपतिलाई सल्लाहकार, बजेट प्रशस्तचाहिने ?त्यो बजेट के को लागि? उपराष्ट्रपतिको भुमिका के हो ?उहाँले यो देशको लागि के गनुपर्छ । खाली रिवन काट्ने र केही कार्यक्रमहरुमा उद्दघाटन गर्ने र कहिले काही देवताको र्दशन गर्न जाने त्यो बाहेक उहाँकोभुमिका नै केही छैन । उपराष्ट्रपतिलाई दिदैैं आएको खर्च कटौती गरेर लम्पी स्किन पीडित किसानलाई अनुदानदिऔं । ’

Sharing

प्रतिक्रिया दिनुहोस