• २०८३ जेष्ठ २८ गते बिहिवार

आजको मौसम : भारि वर्षाको सम्भावना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १०, काठमाडौं । नेपालभर मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको हुदाँ आज पनि देशभर पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेस प्रदेशमा आंशीक बदली भई बाँकी भूभागमा सामान्य देखि पूर्णतया बदली रहने छ ।

देशभर केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। राती भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाकोसम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका एक दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ ।

आज सडक, हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने र भारी वर्षा कारणले हुनेबाढी, पहिरो, डुबानबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस