• २०८३ जेष्ठ २९ गते शुक्रवार

सुनको मूल्यमा गिरावट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ८, काठमाडौं ।  केहि दिनयता नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । आइतबार पाँच सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि तीन सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४६५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर एक हजार ४६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस