• २०८३ जेष्ठ २९ गते शुक्रवार

निजी क्षेत्र र सरकारबीच एकता र सहकार्य जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले सरकार र नीजि क्षेत्रविच बलियो एकता र सहकार्यले मात्र दिगो विकास सम्भव रहेको बताक्एा छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल उद्योग परिसंघको २० औं वार्षिक साधारण सभामा उनले सरकार नीजि क्षेत्रलाई विश्वासमा लिँदै अर्थतन्त्र सुधारका लागि नीतिगत तथा संरचनागत सुधार गर्न प्रतिवद्ध छ ।

नेपालको संविधानल अर्थनीतिको सवैधानीक वयवस्था गर्दै नीजि सार्वजनीक र सहकारिको अगाडी सारेको कुरा हामी सबैलाई थाहा छ । सरकार र नीजि क्षेत्रविच बलियो एकता र सहकार्यले मात्र समृद्धि र विकासको राष्ट्रिय आकांक्षा पुरा गर्न सकिन्छ भन्ने मान्यता छ । नीजि क्षेत्रको सहकार्य बिना दिगो विकास सम्भव छैन् भन्ने कुरामा सँधै स्पष्ट र दृढ रहँदै आएको छ । अर्थतन्त्रमा सुधार ल्याउन नीजि क्षेत्रमा गहिरो सहकार्य र बलियो एकता आवश्यक महसुुस गरी अर्थतन्त्र सुधार सम्बन्धी केहि नीतिगत निर्णय लिएको छु ।

नेपाल उद्योग परिसंघले नेपालको अर्थतन्त्रको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गरको उनको भनाई छ ।

Sharing

प्रतिक्रिया दिनुहोस