• २०८२ असार २४ गते मङ्गलवार

सांसद भण्डारीको अवस्था सुधारोन्मुख

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ११, भारत । ग्यास चुहिएर आगो लाग्दा घाइते हुनु भएका नेपाली काँग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत सांसद भण्डारीलाई आजबाट मुखबाट खाना खुवाइएको छ ।

उहाँको प्रेसर मास्क अक्सिजन ५ लिटरमा झारिएको छ । भोलिसम्म यही प्रकृया रहने चिकित्सक प्रशान्त महाराणेले जानकारी दिनुभएको छ । भण्डारीका स्वास्थ्य सम्बन्धि सबै पारामिटरहरु नर्मल रहेको डाक्टर महाराणेल बताउनुभएको जानाकारी भण्डारीसँगै भारतमा रहनुभएका योगराज कंडेलले दिनुभएको छ ।

सामाजिक सञ्जालमा भण्डारीको स्वास्थ्य अवस्थाका बारेमा विभिन्न टिप्पणीहरु आएपछि चिकित्सकहरुले नै उहाँको उपचाररत अवस्थाको फोटो सार्वजनिक गर्न अनुमति दिएको पनि कंडेलले जानकारी दिनुभएको छ । कम्तिमा २१ दिन सम्म ग्राफ्टिंगको व्याण्डेजमा रहने र इन्फेक्सन हुने सम्भावना भएकोले त्यस पश्चात मात्र भेटघाट गर्न दिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस