• २०८३ असार १६ गते मङ्गलवार

स्विटजरल्याण्ड पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ८ , काठमाडौं । स्विटजरल्याण्ड पठाइदिन्छु भनी रकम ७ लाख रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीलाई उनलाई गोंगबुबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-४ स्थायी घर भई हाल बाँके कोहलपुर नगरपालिका-११ दशबिघा बस्‍दै आएकी ४६ वर्षीया पार्वती थापा रहेकी छिन् । अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्राउ परेकाे उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस
छुटाउनुभयो कि ?
लुम्बिनी अन्तिम खेलमा कर्णालीसँग ५ रनले पराजित मंसिर २८, काठमाण्डाै । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराएकाे छ । कर्णालीले दिएकाे १ सय २९ रनकाे लक्ष्य पछ्याएकाे लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनमात्र बनाउन सक्याे । लुम्बिनीका टम मूर्सले सबैभन्दा धेरै ३६ रन बनाए । कर्णालीका जीशन मक्सूदले २ विकेट लिए । यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे कर्णालीले २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रन बनायाे । लुम्बिनीका विकाश आग्रीले ३ विकेट लिए । याे जीतसँगै कर्णाली ६ खेलमा ८ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा उक्लिएकाे छ । लुम्बिनीले भने ७ खेलमा १ खेल जित्दै २ अङ्क जाेडेर प्रतियाेगिता सकाएकाे छ । एनपीएल क्रिकेटकाे आजकाे दाेस्राे खेलमा दिउँसाे १ बजे विराटनगर किङ्ग्स र चितवन राइनाेज खेल्दैछन् ।