• २०८३ बैशाख ४ गते शुक्रवार

हातमुख जोड्नै मुस्किल भएका समुदायको गर्जो टार्दैछ, वीरमाया फाउन्डेसन

सुबिन विश्वकर्मा पढ्न लाग्ने समय : २ मिनेट

बैशाख २९, काठमाडाैं । कोरोनाभाइरसको दाेश्राे म्युटेन्ट भेरिएन्ट देखा परेपछि मानवजगत थुनिएर बस्नुपर्ने बाध्यतामा धेरैलाई हातमुख जोड्न समेत धौधौ पर्ने गरेको छ । खासगरी दैनिक ज्यालादारी, विपन्न तथा गरिब समुदायलाई अति आवश्यकीय सरजामको लागि विभिन्न निकायले पहल पनि गरिरहेकै छन् ।

यसै क्रममा स्वर्गीय आमाको स्मृतिमा संचालित बराहक्षेत्रको वीरमाया स्मृति फाउन्डेसनले बुधबार नगरका २ सय घर परीवारहरुलाई राहत वितरण गरेको छ । नगरपालिका भित्र रहेका अति बिपन्न तथा असाह्य घर परिवारहरु लक्षित गरी चतरा, वयरवन, प्रकाशपुर, राजावास लगायतका स्थानमा रहेका परीवारहरुको घरदैलोमा पुगी खाध्यान्न, नुन, तेल, साबुन, माक्स उपलब्ध गराएको फाउन्डेसनका अध्यक्ष मनोज तामाङले जानकारी दिए ।

No description available.

उनकाअनुसार फाउन्डेसनले राष्ट्र, राष्ट्रियता, जनताहरु प्रति समर्पित रहेर अग्रपङ्क्तिमा रहेर दिनरात खटिने इलाका प्रहरी कार्यालय चक्रघट्टी, अस्थाइ प्रहरी चौकी बाङ्गे, कालाबन्जर, नडाह, प्रहरी चौकी प्रकासपुर तथा ससस्त्र प्रहरी वेस क्याम्प चतरा पुगि माक्स, सेनिटाइजर, साबुन उपलब्ध गराइएको हो ।

No description available.

त्यस्तै, सामाजिक कार्यमा अग्रसरता देखाउदै आएको फाउन्डेसनले बराहक्षेत्र नगरपालिकाभित्र रहेका निम्न आयश्रोत हुने विपन्न, असहाय, अशक्तहरूलाई लक्षित गरी निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइ रहेको छ । यो संकटकालिन समयमा असहायहरुले अस्पताल पुग्न एम्बुलेन्स नपाई अकालमा ज्यान जाने स्थिति नआओस् भन्ने उद्देश्यले विरमाया स्मृति फाउन्डेसनलेद्वारा नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गरेका हौ, फाउन्डेसनका उपाध्यक्ष सुबास तामाङले भने ।

सुनसरी जिल्लाभित्र रहेका एम्बुलेन्सहरु सहकार्य गरी फाउन्डेसन नि:शुल्क उपलब्ध गराएको एम्बुलेन्स सेवा लिनका लागि भने निम्न फोन नम्बर सम्पर्क गर्न सकिन्छ । कालाबन्जर ९८१२३६६७७७, उधोग वाणिज्य संघ ९८४२२४२४५३, जनहित क्लब ९८४२२३०९६९

Sharing

प्रतिक्रिया दिनुहोस