• २०८३ बैशाख ७ गते सोमवार

क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीको बधाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ९, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भएको आइसिसी क्रिकेट विश्वकप लिग टू मा सफलता हासिल गरेकामा क्रिकेट खेलाडीलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत आइसिसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पारेकामा बधाई दिएका हुन् ।

प्रधानमन्त्रीले भनेका छन्, “आइसिसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्पूर्ण खेलाडीको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

Sharing

प्रतिक्रिया दिनुहोस