• २०८३ बैशाख ८ गते मङ्गलवार

थप १२२८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४२ हजार ८ सय ७७

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १८ काठमाडौँ । थप १ हजार २ सय २८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४२ हजार ८ सय ७७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १३ हजार ४ सय १३ जनामा परीक्षण गर्दा १ हजार २ सय २८ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज ९ सय १७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २४ हजार २ सय ७ जना रहेको छ ।

 

https://khabar24nepal.com/03/09/2020/45398

Sharing

प्रतिक्रिया दिनुहोस