भदौ ३,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास प्रकरणमा सिआईबीलाई निर्णयकर्ता सबैको बयान विनाको अपुरो अधुरो फाइल पेश नगर्न आग्रह गरेका छन् ।

आईतबार सामाजिक सञ्जालमार्फत उनले सिआईबीलाई निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेश गरी गैरकानुनी आदेश नमान्न आग्रह गरेका हुन् ।उनले लेखेका छन् ,‘ सिआइबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस्। ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेश नगरोस्। गृहमन्त्री ज्यु, केही त गडबड छ.. ठूलै गडबड छ ।’