• २०८३ जेष्ठ १६ गते शनिवार

गाडी दुर्घटनामा परेका सुदूरपश्चिमका कानूनमन्त्री सिंहको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ५, बझाङ । बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । बाँकेको कोहलपुरस्थित अस्पतालमा उपचारका क्रममा मंगलबार अपरान्ह ५ बजेर ३३ मिनेटमा निधन भएको सुदूरपश्चिमका प्रहरी प्रमुख डीआईजी भरत बोहराले जानकारी दिए ।

मंगलबार दिउँसो बझाङको केदारस्यु गाउँपालिका-१ झारछडा स्थित जयपृथ्वी राजमार्गमा मन्त्री सवार गाडी दुर्घटनामा परेको थियो। घटनामा सिंहकी पत्नी अमृता र उनकी भाउजु जयादेवीको मृत्यु भैसकेकाे छ ।

पीएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीको अवस्था गम्भीर छ । चालक धर्मराज जोशीको अवस्था भने मध्यम रहेको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस