• २०८३ असार ८ गते सोमवार

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ५, काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने कान्छी माया तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा झापा घर भई काठमाडौं बल्खु डेरा गरी बस्ने ४० वर्षीय ओम नाथ गिरीसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९ सय रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

Sharing

प्रतिक्रिया दिनुहोस