• २०८३ बैशाख ५ गते शनिवार

भारतमा २ हजारको नोट प्रतिबन्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ०६, नयाँ दिल्ली । भारत सरकारले २ हजार रूपैयाँको नोटमा प्रतिबन्ध लगाएको छ । यसअघि नरेन्द्र मोदी सरकारले सन २०१६ मा १ हजार र ५ सयको नोटमा प्रतिबन्ध लगाउँदै २ हजारको नोट चलाउन सुरु गरेको थियो ।

सो नोट चलाउन सुरु गरेको ७ बर्षमा नै फेरी २ हजारको नोटमा प्रतिबन्ध लगाएको हो । भारतीय रिजर्भ बैंकले सो बारेमा जानकारी दिदै अब २ हजारका नोट बजारमा आउने छैनन् । बैंकका अनुसार आगामी सेप्टेम्बेर ३० सम्म भने २ हजारको नोटले मान्यता पाउने भए पनि सो पछि भने सो नोटको मान्यता हुने छैन् ।

रिर्जभ बैंकले आम सर्वसाधारणलाई सेप्टेम्बर ३० सम्ममा आफूसँग भएको २ हजारको नोट बैंकमा जम्मा गर्न तथा सटही गर्न आग्रह गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस