माघ ६, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले इन्दिरा राना मगरलाई उपसभामुखमा उम्मेदवार उठाउने भएको छ । शुक्रबार बिहान बसेकाे रास्वपा संसदीय दलको बैठकले मगरलाई उपसभामुखमा उम्मेदवार बनाउने निर्णय गरेकाे रास्वपाका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले बताए । 
झापाकी मगर समानुपातिक सांसद हुन् । यसअघि उपसभामुखमा सोविता गौतमको चर्चा रहेपनि गौतम प्रस्ताव रहेर उक्त निर्णय भएको महामन्त्री ढकालले बताए ।